Rule 122
सेवाको अन्त्य गर्ने
: (१) कुनै सशस्त्र प्रहरी कर्मचारीलाई देहायको अवस्थामा निजको सेवा अन्त्य गर्नु पर्ने भएमा नियम ११५ बमोजिम नोकरीबाट हटाउने वा बर्खास्त गर्ने सजायको आदेश दिन पाउने अधिकारीले पर्चा खडा गरी सेवाको अन्त्य गर्न सक्नेछ । यसरी सेवाको अन्त्य गर्दा नियम ११८ बमोजिमको कार्यविधि अपनाउनु पर्ने छैन :–
(क)   परीक्षणकालमा रहने गरी नियुक्ति भएकोमा नियुक्ति सदर नहुँदै,
(ख)   करारमा नियुक्ति भएकोमा करारनामाको अवधि भुक्तान नहुँदै,
(ग)   म्यादी पदमा नियुक्ति भएकोमा सो म्याद पुरा नहुँदै,
(घ)   नेपाल सरकारद्वारा गठित स्वीकृत चिकित्सकको बोर्डले शारीरिक दृष्टीले सेवामा बहाल रहन अनुपयुक्त ठहर्‍याएमा ।
      (२) उपनियम (१) बमोजिम सेवा अन्त्य गरेको निर्णय उपर त्यस्तो सशस्त्र प्रहरी कर्मचारीले नियम ११५ मा उल्लेख भए बमोजिम पुनरावेदन गर्न सक्नेछ ।